राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनार एसियाली बिकास बैङ्कका कन्ट्री डाइरेक्टर अर्नोइड कर्चोइसबीच शिष्टचार भेटघाट सम्पन्न भएको छ।

नेपालका लागि नवनियुक्त डाइरेक्टर कर्चोइसले सोमबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टचार भेट गरेका हुन् ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको लागि निर्देशक भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले नेपालमा एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको बजेटमा ग्रामीण सडक सञ्जाल सुधारआयोजनाको कार्य सञ्चालनको चरणमा रहेको स्मरण गर्दै उक्त आयोजनाको प्रभावकारीता र छिटो कार्यान्वयन गराउने सन्दर्भमा कुराकानी भयो ।

यस आयोजनाको लागि सडकहरु छनोटको प्रकृया तीनवर्ष अगाडीबाट शुरु भएपनिहालसम्म कार्यान्वयनको प्रक्रिया केही विलम्ब हुन गएकोले ग्रामीण भेगका जनता र जनप्रतिनिधिको अपेक्षा अनुरुप उक्त सडकहरु छिटो सम्पन्न हुनुपर्छ भन्ने कुरा व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले संघीयता लागु भै सकेको तर प्रदेश र स्थानीय तहमा दक्ष जनशक्ति नियुक्त गर्न ऐन नबनेको हुँदा यस परिस्थितिलाई मध्यनजर गर्दै आयोजनाहरु समायानुकुल अगाडि बढाउनुपर्नेमा जोड दिए ।

भेटका क्रममा कर्चोइसले नेपाल प्रति उनको अगाध माया रहेको बताउँदै नेपालमा उक्त आयोजनाहरुको अध्ययन गर्न आउने बोर्ड सदस्यहरुको टिमले प्रदेश सरकार र स्थानीय तहसँग भेटघाट गरी अध्ययन गरेपछि नेपालको हालको कानूनी र व्यवहारिक पक्षको आधारमा उक्त आयोजनालाई छिटो र प्रभावकारी सञ्चालनको विधि र प्रक्रिया निर्धारण गरिने भएकाले उठाएको विषय व्यवस्थापनलाई जानकारी गराउने प्रतिबद्धता गरे।