नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकले दलको नेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको छ ।

एकीकृत समाजवादीका नेता माधवप्रसाद पौडेलले पाण्डेलाई सर्वसम्मतमा नेता चयन गरेको जानकारी दिँदै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारलाई समर्थन नरहेको निर्णय गरेको जानकारी दिनुभयो ।

योसँगै बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन ।

एमालेका ५६ प्रदेश सभाका सदस्यमध्ये १३ जना नयाँ दर्ता भएको एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

१०९ सदस्यीय प्रदेशसभामा एमालेको प्रष्ट बहुमत थियो । ५५ मध्ये १३ सांसदले एकीकृत समाजवादी रोजेपछि एमालेको सांसद ४२ मात्र कायम भएको छ ।

अब मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्छ । नभए अविश्वासको प्रस्ताव दर्ता गर्ने पाँचदलीय गठबन्धनको तयारी छ । गठबन्धनमा एकीकृत समाजवादीले मुख्यमन्त्री दाबी गरेको छ ।