पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ३५४ सहित देशभर थप ११४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ६१ हजार ९५२ जना पुगेको छ ।

८ हजार ५४९ जनामा पीसीआर परीक्षण गर्दा ९६१ जना र २३६७ एन्टिजेन परीक्षण गर्दा १८५ जनामा गरी ११४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २५७, ललितपुरका ५६ र भक्तपुरका ४१ जना गरी ३५४ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १६६० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ३६ हजार ६६६ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०९२४ पुगेको छ ।