प्रतिनिधिसभा बैठकले बजेटसम्बन्धि तीनवटै अध्यादेश स्वीकृत गरेको छ ।

शुक्रबार दोस्रोपटक बसेको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधबीच आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन विधेयक २०७८ स्वीकृत भएको हो ।

एमाले सांसदहरूको नाराबाजीकाबीच अध्यादेश पारित भएपछि १५ मिनेटका लागि बैठक रोकिएको छ ।