सत्तारुढ दल नेपाली काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनमा विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

काँग्रेसका हालका प्रवक्ता शर्माले बिहीबार सुन्दरीजलबाट महामन्त्री पदको उम्मेदवारीको औपचारिक घोषणा गरेका हुन ।

आज हरितालिका तीज जस्तो पवित्र पर्व र विपी जयन्ती दुवै एकसाथ परेको सुन्दर र अझ राम्रो दिन पारेर उम्मेदवारी घोषणा गरेको शर्माले बताए । सुन्दरीजलको माटो र विपी-गणेशमानलाई शीरमा राखेर उम्मेदवारी घोषणा गर्ने योजनाअनुरुप आफूले उम्मेदवारी घोषणा गरेको उनले बताए ।