पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४५३ सहित देशभर थप १०८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ५४ हजार ३२१ जना पुगेको छ ।

५ हजार १७० जनामा पीसीआर परीक्षण गर्दा ९७६ जना र २८०१ एन्टिजेन परीक्षण गर्दा ११३ जनामा गरी १०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २८८, ललितपुरका ९८ र भक्तपुरका ६७ जना गरी ४५३ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५३४ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख २७ हजार १८५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०८३८ पुगेको छ ।