अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्वर ३ ठाडामा आज विहान यात्रुवाहक माइक्रो दुर्घटना भएको छ ।

काठमाडौंवाट अर्घाखाँची आउँदै गरेको बा ३ ख ८६३९ नम्वरको माइक्रो आज विहान ४ बजेर ५० मिनटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।

चालक र सहचालकसहित सवार जम्मा ११ जना मध्ये जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्वर ९ निवासी अन्दाजी ३२ बर्षिय संजय विकको घटनास्थलमा नै मृत्यु भएको हो । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।

घाइते छ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको इलाका प्रहरी कार्यलय ठाडाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।