नेकपा एमालेका प्रदेश २ का १२ जना सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा खुलेका छन् ।

संसदीय दलका नेता शत्रुधन महतोसहितका १० सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एमालेका सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

शत्रुधन महतो, डिल्लीप्रसाद उप्रेतीसहित अशोक यादव, प्रमोद यादव, मदनसेन श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, रवीन्द्र बैठा, मञ्जु यादव, हसिना खातुन र बेचु लुङ्गेलीले एकीकृत समाजवादी रोजेका हुन् ।

यस्तै उपचारका निम्ति भारतको दिल्लीमा रहेका डिल्लीप्रसाद उप्रेतीले भारतको नयाँ दिल्लीबाटै सनाखत गर्ने र सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ खराब मौसमका कारण बिहीबार आउन नसकेको र अर्को दिन आएर सनाखत गर्ने नेकपा एकीकृत समाजवादीले जनाएको छ ।