यस अघि स्थगित कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट पुन सञ्चालन हुने भएको छ ।
आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय गरको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए । सो परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने छ ।
यस अघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने तय गरिएको भए पनि कोरोनाको संक्रमण नियन्त्रण नभएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा परीक्षा स्थगित गरिएको थियो ।








