पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ९०६ सहित देशभर थप २२९५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ४४ हजार ४८८ जना पुगेको छ ।

११ हजार ८९२ जनामा पीसीआर परीक्षण गर्दा १९०२ जना र ४३४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी २२९५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ६६५, ललितपुरका १३८ र भक्तपुरका १०३ जना गरी ९०६ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १८०८ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख १४ हजार ५२० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०७३० पुगेको छ ।