नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको दक्षिणपन्थी धारबाट जोगिएर नयाँ दल दर्ता गरेको बताएका छन । नयाँ पार्टी गठनको औपचारिक घोषणापछि पहिलोपटक भएको पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले सो कुरा बताएका हुन ।
उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ रुपमा लैजाने समेत बताए । ‘निर्वाचन आयोगबाट प्रमाणपत्र पाइसकेका छौं । यहाँसम्मको यात्रा पनि कति अप्ठ्यारो भयो होला तपाईंहरु अनुमान गर्न सक्नुहुन्छ,’ अध्यक्ष नेपालले पत्रकार सम्मेलनमा भने,‘हामीले अनेकैं चुनौतीको सामना, अप्ठ्यारोलाई पन्छाएका छौं । अन्यता सफलताको शिखरमा पुगेका छौं । नेपाली जनताका हितका लागि नयाँ यात्रा प्रारम्भ गरेका छौं ।’
साथै उहाँले नेपालको कम्युनिष्ट आन्दोलन, नेपालको राजनीतिक मात्रै होइन विश्वमै पार्टी एकता, विभाजनबाट गुज्रँदै गइसकेको बताए ।
यस्तै अध्यक्ष नेपालले गठबन्धन सरकारमा छिट्टै सहभागी हुने बताएका छन । ‘पाँच दलीय गठबन्धनमा हामी पनि थियौं,’ उनले भने, ‘सरकारमा जान्छौं ।’








