निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई मान्यता दिएको छ ।
दुबै पार्टीलाइ मान्यता दिइएको र दर्ता प्रमाणपत्र दिइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
नयाँ दल दर्ताका लागि पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र महन्थ ठाकुर लगायतले दिएको निवेदनमा आयोगले आजै सनाखत गरेको थियो ।
एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएकोमा ५६ जनाले सनाखत गरेका थिए भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताका लागि १४ जना सांसदको हस्ताक्षर सनाखत भएपछि आयोगले लोसपालाई छुट्टै दलको रुपमा दर्ता गरेको हो ।
सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीले छुट्टै दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।
उनीहरुमध्ये








