माधवकुमार नेपालको अध्यक्षता गठित नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो घोषणापत्र र पार्टीको नियमावली तयार गरेको छ ।
हिजो साँझदेखि चन्द्रागिरिस्थित रिसोर्टमा भेला भएका सो पार्टीका नेताहरुलाई पार्टीको घोषणापत्र र अन्तरिम विधान वितरण गरिएको छ ।
घोषणा पत्रमा ‘सामाजिक–आर्थिक–सांस्कृतिक रुपान्तरणमार्फत नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख व्यवस्था प्राप्तिको दिशामा पार्टी अग्रसर हुने उल्लेख गरिएको छ ।
घोषणापत्र र विधानमाथि अहिले विहानदेखि छलफल चलिरहेको बुझिएको छ ।
हेर्नुहोस घोषणापत्र र नियमावली








