कास्कीको पोखरास्थित महेन्द्रपुल सेलवेज गेटको पारी, गरिमा विकास बैंक अगाडिको सडक भासिएर भ्वाङ परेको छ ।
पोखरामा पानी परिरहेका बखत जमिन भासिएर भ्वाङ परेको हो । भ्वाङमा एउटा बिजुलीको पोल पनि परेको छ ।
नालाको मुख, पालिखे चोक हुँदै पानी पर्दा खोलाजस्तै भेल महेन्द्रपुलमै आइपुग्छ । त्यो भलले सडकसमेत भत्काउने गरेको छ ।








