पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ५६६ सहित देशभर थप १९२० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख २७ हजार ६४२ जना पुगेको छ ।

९ हजार ४४३ जनामा पीसीआर परीक्षण गर्दा १७०२ र ३०७३ एन्टिजेन परीक्षणमा २१८ जना गरी १९२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३९५, ललितपुरका ११० र भक्तपुरका ६१ जना गरी ५६६ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २२४८ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०५०९ पुगेको छ ।