लुम्बिनी प्रदेशसभाका २ जना एमाले सांसदलाई पदमुक्त गर्न नमिल्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

एमालेले गरेको कारवाहीलाई अमान्य ठहर गर्दै सचिवालयले सांसदद्वय अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्न नमिल्ने जनाएको हो ।

एमालेले उनीहरुलाई कारवाही गर्दै पठाएको पत्रको जवाफ दिँदै सचिवालयले यस्तो जनाएको हो । सिचवालयको पत्रमा पदमुक्त गर्ने आधार नभएकोले कारवाही कार्यान्वयन हुन नसक्ने उल्लेख छ ।

सचिवालयले एमालेलाई शाही र वलीलाई पदमुक्त गर्न नसकिने पत्र पठाएको हो ।