पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ८९८ सहित देशभर थप ३०४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख २३ हजार ६४७ जना पुगेको छ ।
१० हजार ५३० जनामा पीसीआर परीक्षण गर्दा २०७९ र ७१२४ एन्टिजेन परीक्षणमा ९६३ जना गरी ३०४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ६०४, ललितपुरका १८७ र भक्तपुरका १०७ जना गरी ८९८ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २२४४ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ९३ हजार ५४३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०४५५ पुगेको छ ।








