नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित प्रतिनिधि सभाका १४ जना सांसदलाई कारबाही गरेको छ ।

पार्टी विभाजनको पक्षमा लागेको भन्दै एमालेले नेता नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई कारबाहीको पत्र संसद सचिवालयमा दर्ता गरेको छ ।

एमाले उच्च स्रोतका अनुसार कारबाहीको जानकारी निर्वाचन आयोगमा समेत लगाइएको छ ।