पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ७३९ सहित देशभर थप २२१२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ७ हजार ४०२ जना पुगेको छ ।

८ हजार ८८ जनामा पीसीआर परीक्षण गर्दा १७९३ र ४०१८ एन्टिजेन परीक्षणमा ४१९ जना गरी २२१२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ५२२, ललितपुरका १५४ र भक्तपुरका ६३ जना गरी ७३९ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १८६७ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ८२ हजार ६८२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०२९२ पुगेको छ ।