पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ९६४ सहित देशभर थप ३४८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

१० हजार ९०७ जनामा पीसीआर परीक्षण गर्दा २६१६ र ५७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ६६३, ललितपुरका १९२ र भक्तपुरका १०९ जना गरी ९६४ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १८८५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ७५ हजार ८३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०१८० पुगेको छ ।