पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ११८६ सहित देशभर थप ४९०४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ७ लाख ९१ हजार ९१० जना पुगेको छ ।

१३ हजार २१७ जनामा पीसीआर परीक्षण गर्दा ३१९४ र ५९०६ एन्टिजेन परीक्षणमा १७१० जना गरी ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ७९५, ललितपुरका २३९ र भक्तपुरका १५२ जना गरी ११८६ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २११५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ७३ हजार १९८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०१५० पुगेको छ ।