जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको एस्ट्राजेनेका खोपको पहिलो खेप आज शनिबार काठमाडौं आइपुगेको छ । जापानले पठाउने भनेको १६ लाख डोजमध्ये पहिलो चरणमा आज शनिबार बिहान ९ बजे पाँच लाख १३ हजार डोज खोप आइपुगेको हो ।

आइतबार थप दुई लाख ८७ हजार डोज खोप आउने र बाँकी ८ लाख खोप अर्को साता आइपुग्ने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ ।

गत असार २९ गते जापानका परराष्ट्रमन्त्री मोतेगी तोसिमित्सुले कोभ्याक्स सुविधामार्फत नेपाललाई एस्ट्राजेनेकाको १६ लाख खोप दिने घोषणा गरेका थिए ।