पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ७०१ सहित देशभर थप ३७२९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ७ लाख ७७ हजार ५८९ जना पुगेको छ ।

९ हजार ४९३ जनामा पीसीआर परीक्षण गर्दा २४३० र ६१८२ एन्टिजेन परीक्षणमा १२९९ जना गरी ३७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ४७१, ललितपुरका १४७ र भक्तपुरका ८३ जना गरी ७०१ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १८८५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १००१९ पुगेको छ ।