पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १०७५ सहित देशभर थप ३९३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ७ लाख ७३ हजार ८६० जना पुगेको छ ।

११ हजार ८७० जनामा पीसीआर परीक्षण गर्दा ३००७ र ६५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ७६६, ललितपुरका १६३ र भक्तपुरका १४६ जना गरी १०७५ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २०१२ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ६३ हजार ६६३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९९९४ पुगेको छ ।