युवा उद्यमी मौसम घिमिरेले नेपाल पत्रकार महासंघ ईमेज च्यानल प्रतिष्ठानलाई कोभिड सुरक्षा सामाग्री प्रदान गर्नु भएको छ ।
आज प्रतिष्ठानले गरेको कार्यक्रममा उध्यमी घिमिरेले २ सय प्याकेट सर्जिकल मास्कसहितका सुरक्षा सामाग्री प्रदान गर्नु भएको हो । नेपाल पत्रकार महासंघ ईमेज प्रतिष्ठाले गरेको सामाजिक काममा सहयोगि बन्न पाएकोमा उहाले खुशी ब्यक्त गर्नु भयो ।
ईमेज च्यानल प्रतिष्ठानले कोरोना महामारी बढ्दै गएको अवस्थामा प्राप्त सामग्री उपयोगी हुने भन्दै सहयोगको लागी आभार ब्यक्त गरेको छ । प्रतिष्ठानका अध्यक्ष शंकर खनालले कोरोना महामारी लम्बिदै जादा संचारकर्मीकालागी मास्क अनिवार्य भएको बताउनुभयो ।
यस भन्दा अघि पनि प्रतिष्ठानले कोरोना महामारीबाट बच्नको लागी प्रयोग हुने सुरक्षा सामाग्री बितरण गर्दै आएको छ । त्यसैगरी संस्थामा कार्यरत सवारीचालक र सुरक्षाकर्मीलाई खाद्यान्नसमेत बितरण गरिएको छ ।








