कोभिड युनिफाइड केन्दीय अस्पताल (वीर)का प्रशासकीय प्रमुख डा जागेश्वर गौतमसहितका कर्मचारीहरुको सरुवा प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका छन ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णयबाट गौतमलाई प्रसूति अस्पतालमा सरुवा गरी उनको ठाउँमा डा रुद्र मरासिनीलाई जिम्मेवारी दिएका थिए ।
यस्तै सार्क क्षयरोग केन्द्रका प्रमुख डा विवेक लाललाई मन्त्रालयको समन्वय शाखामा तानिएको थियो भने मन्त्रालयमा जगेडामा बस्दै आएकी रिता जोशीलाई डा लालको ठाउँमा पठाइएको थियो ।
तर, स्वास्थ्यमन्त्री समेत रहेका प्रधानमन्त्री देउवाको निर्देशनमा तत्काल सरुवा सम्बन्धी निर्णय कार्यन्वयन नगर्ने भनिएपछि सरुवा सम्बन्धी पत्र तयार नभएको मन्त्रालय स्रोतले जनाएको छ ।








