न्यूनतम् साझा कार्यक्रम तय भएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने गठबन्धनका शीर्ष नेताहरुबीच सहमति भएको छ ।

सोमबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताको बैठकले मंगलबारसम्म न्यूनतम् साझा कार्यक्रम तय गरेपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको हो ।

छलफलमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष यादव सहभागी थिए । तीनै नेताहरुबचि देउवा सरकारलाई मजबुत बनाउने र मंगलबारभित्र मन्त्रिपरिषद्को टुंगो लगाइने सहमती भएको छ ।

साथै, मंगलबारसम्म मन्त्री बन्नेहरुको लिस्ट पनि तयार गरिने बैठकमा छलफल भएको छ ।