सर्वोच्च अदालतले पूर्व माओवादीका चार सांसदको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले सो आदेश गरेको हो ।
नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रदेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरिशंकर चौधरी र प्रभु साहको सांसद पद पुनर्वहालीको अन्तरिम आदेश दिन अस्वीकार गरेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए ।
एमालेका चार पूर्वनेताले आफूहरु माओवादीमा हुँदाको सांसद पद पुनर्वहाली गरिपाउ भन्दै यही साउन १३ गते सर्वोच्चमा छुट्टाछुट्टै रिट दर्ता गराएका थिए ।
हेर्नुहोस फैसलाको पूर्णपाठ








