पार्टीको ह्वीपविपरीत ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिने कर्णाली प्रदेशका चार सांसद पदमुक्त भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘फ्लोर क्रस’ गर्ने चार नेतालाई कारबाही गर्न भनि सर्वोच्च अदालतमा दिएको रिटबमोजिम आइतबार सर्वोच्चले कारबाही सदर हुने गरी आदेश दिएको छ।

सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले उक्त आदेश दिएको हो।

सर्वोच्चको फैसलासँगै प्रदेश सभासदस्यहरू प्रकाश ज्वाला, अम्बरबहादुर थापा कुर्मराज शाही र नन्द सिंह बुढा सांसद पदबाट बाहिरिएका छन् ।

‘फ्लोर क्रस’ गरेका कर्णालीका ४ सांसदलाई एमालेले गरेको कारवाही सदर (आदेशसहित)

‘फ्लोर क्रस’ गरेका कर्णालीका ४ सांसदलाई एमालेले गरेको कारवाही सदर (आदेशसहित)