पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ७७० सहित देशभर थप ३१२५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ७ लाख ६२ हजार ४३२ जना पुगेको छ ।

१० हजार ६१३ जनामा पीसीआर परीक्षण गर्दा २२७९ र ३१९८ एन्टिजेन परीक्षणमा ८४६ जना गरी ३१२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ५५६, ललितपुरका ११५ र भक्तपुरका ९९ जना गरी ७७० कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १९२५० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ५८ हजार १२२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९८९८ पुगेको छ ।