पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ८५१ सहित देशभर थप २५६८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ७ लाख ५९ हजार ३०७ जना पुगेको छ ।

८ हजार ४०२ जनामा पीसीआर परीक्षण गर्दा १९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ५९४, ललितपुरका १६६ र भक्तपुरका ९१ जना गरी ८५१ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २०२० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ५६ हजार १९७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९८७५ पुगेको छ ।