चीनबाट सरकारले खरिद गरेको ४० लाख डोज ‘भेरोसेल’ खोप आज (शुक्रबार) काठमाडौं आइ पुगेको छ । पाँचौ पटक नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज बेइजिङबाट खोप ल्याएसँगै ४० लाख खोप आइ पुगेको हो ।
शुक्रबार दिउँसो २ः०५ बजे खोप काठमाडौं आई पुगेको नेपाल वायुसेवा निगमका अपरेसन प्रमुख बरिष्ठ पाइलट दिपु ग्वार्चनले जानकारी दिनुभयो । निगमको जहाजले यसअघि चार कार्गो उडानबाट आठ लाख डोजका दरले ३२ लाख खोप ल्याइ सकेको उहाँले जानकारी दिनुभयो ।
सरकारले प्राप्त खोपलाई अग्रभागमा खटिने कर्मचारी, ५० वर्षमाथिका नागरिक र आवस्यकताका आधारमा वितरण शुरु गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी)मार्फत जम्मा ४० लाख डोज खोप खरिद गरेको थियो ।








