पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ८५९ सहित देशभर थप ३८४० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ७ लाख ४६ हजार ६५७ जना पुगेको छ ।

१० हजार ८८६ जनामा पीसीआर परीक्षण गर्दा २६३४ र ३८४० एन्टिजेन परीक्षणमा १२०६ जना गरी ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ५५९, ललितपुरका २०६ र भक्तपुरका ९४ जना गरी ८५९ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १९९३ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ४९ हजार ७२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९७९१ पुगेको छ ।