भाडा समायोजनको माग गर्दै काठमाडौँ उपत्यकाका यातायात व्यवसायी आन्दोलित भएका छन् । उनहरूले निकालेको र्‍यालीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

व्यवसायीले बिहीबार बिहान साना तथा ठूला सवारी साधनसहित र्‍याली गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो । कार्यालय समयमा विरोध र्‍याली निकाल्दा थप जाम भएको थियो । व्यवसायीले चक्रपथमा सवारी र्‍याली निकालेका थिए ।

१० वर्षदेखि भाडा समायोजन नभएको भन्दै व्यवसायीहरु विरोधमा उत्रिएका हुन् । साथै उनीहरुले कर्मचारीलाई कोरोना खोप उपलब्ध गराउनउनुपर्ने, कोरोना समयमा नवीकरण या जरिवाना छुटको माग राखेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा उक्त विरोध र्‍याली भएको हो ।