पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ६९७ सहित देशभर थप २८३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
८ हजार ७१५ जनामा पीसीआर परीक्षण गर्दा १९१८ र ३९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ४९०, ललितपुरका १२८ र भक्तपुरका ७९ जना गरी ६९७ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १४७५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९६३७ पुगेको छ ।








