नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएमा पार्टीबाट निष्काशित गर्ने निर्णय गरेको छ ।

जुनसुकै हालतमा पनि देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय भएको एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले बताए । उनका अनुसार देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा रहने छैनन् ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता ज्ञवालीले एमाले प्रतिपक्षमा बस्ने र विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको जानकारी दिए । माधव नेपाल पक्षलाई पार्टी एकताको पक्षमा उभिन आग्रह नमानेको बताउँदै विश्वाको मत दिने नेपाल पक्षको अल्पमतको निर्णय पार्टीले नमान्ने र कारबाही हुने बताए ।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले आजै बस्ने पुनस्र्थापित संसद अधिवेशनमा विश्वासको मत लिँदै छन् ।