पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४२८ सहित देशभर थप १८७५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ७ लाख १४ हजार २४८ जना पुगेको छ ।

६ हजार ८५८ जनामा पीसीआर परीक्षण गर्दा १३१० र ३२०८ एन्टिजेन परीक्षणमा ५६५ जना गरी १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २९९, ललितपुरका ७७ र भक्तपुरका ५२ जना गरी ४२८ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २१६४ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ६ लाख ३० हजार ४०७ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९५२७ पुगेको छ ।