चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।

शुक्रबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा चिनियाँ राजदूत हाउ यान्छीले उक्त प्रतिवद्धता जनाएकी हुन ।

भेटमा रायदूत यान्छीले नेपाललाई चीनले गर्दै आएको कोरोना भाइरसविरुद्धको खोप सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउदै चीनले भर्खरै घोषणा गरेको १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने जानकारी दिएको परराष्ट्र मन्त्रालयले एक सुचना प्रकाशित गरी जानकारी गराएको छ ।

उक्त अवसरमा नेपाल-चीन सम्बन्धलगायतका विषयमा छलफल पनि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले चिनियाँ सरकारले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरेका थिए ।

यसअघि चीनबाट अनुदानमार्फत १८ लाख डोज कोरोना खोप आइसकेको छ । यस्तै सरकारले थप ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको छ । जसअन्तर्गत आठ लाख डोज खोप आइसकेको छ ।

चिनियाँ राजदूतद्वारा प्रधानमन्त्रीसँग भेट, थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने