नेपाली काँग्रेसको पदाधिकारी बैठक आज दिउँसो २ बजे बस्दैछ । काँग्रेस पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।

यसअघि पार्टी कार्यालय सानेपामा बोलाइएको बैठक प्रधानमन्त्री शेरवहादुर देउवा आजै विहान बालुवाटार सरेपछि बालुवाटारमै बोलाइएको हो ।

काँग्रेसको आसन्न चौधौं केन्द्रीय महाधिवेशन र क्रियाशील सदस्यताका सम्बन्धमा आजको बैठकको छलफल केन्द्रित रहने काँग्रेस नेत्री डा। डिला सङ्ग्रौलाले जानकारी दिइन ।

आगामी भदौं १६ देखि १९ गतेसम्म हुने भनिएको काँग्रेस महाधिवेशन समयमै सम्पन्न गर्न नसके यसको विकल्पका बारेमा पनि सोच्नुपर्ने समेत स्वयम् काँग्रेसका नेताहरुले बताउँदै आएका छन् ।

काँग्रेसले क्रियाशील सदस्यता सम्बन्धमा असार मसान्तसम्म टुङ्गो लगाउने बताउँदै आएको थियो । साथै सरकार सञ्चालनको जिम्मेवारीसमेत पार्टीमा थपिएकाले गठबन्धनसँगको सम्बन्ध तथा सरकार गठनलगायतका विषय अगाडि आएको अवस्थामा काँग्रेस पदाधिकारी बैठक बस्दैछ ।