पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ५५३ सहित देशभर थप २६७६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ७ लाख ९ हजार ४३७ जना पुगेको छ ।
८ हजार २५६ जनामा पीसीआर परीक्षण गर्दा १७८२ र ४५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३३९, ललितपुरका १३४ र भक्तपुरका ८० जना गरी ५५३ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १७५७ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ६ लाख २६ हजार ४६८ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९४६३ पुगेको छ ।








