निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सरकारी निवास बालुवाटारबाट बाहिरिनुभएको छ ।
ओलीलाई युथ फोर्सले तामझामसहित निजी निवास बालुवाटारबाट स्कर्टिङ गर्दै बालकोट लगेको हो । ओलीलाई युथफोर्सको मोटरसाइकल र गाडीले स्कर्टिङ गरेको छ ।
हिजो मात्रै सांसद महेश बस्नेतले ओलीलाई हजारौं मोटरसाइकल र गाडीले स्कर्टिङ गर्ने बताउनुभएको थियो ।
प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार नियुक्त हुनुभएको थियो । देउवा प्रधानमन्त्री भएसँगै ओली ४० महिनापछि बालुवाटारबाट बाहिरिनु भएको हो ।
सोमबार सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । देउवा संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा मंगलबार नियुक्त हुनुभएको थियो ।








