नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड गृहमन्त्री र ज्ञानेन्द्र बहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएका छन् ।
कांग्रेसको मुख्य सचेतक रहेका खाँड यसअघि रक्षा र सिँचाइमन्त्री भइसकेका छन् भने कार्की देउवा नेतृत्वको अघिल्लो सरकारमा अर्थमन्त्री थिए ।
माओवादीले अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाललाई मन्त्री बनाउने निर्णय गरिसकेको छ ।








