पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४३३ सहित देशभर थप २३७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ७ लाख १ हजार ४५८ जना पुगेको छ ।

७ हजार ६८९ जनामा पीसीआर परीक्षण गर्दा १६९० र ३८९५ एन्टिजेन परीक्षणमा ६८० जना गरी २३७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २८९, ललितपुरका ९० र भक्तपुरका ५४ जना गरी ४३३ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११३३ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ६ लाख २१ हजार २७ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९४०० पुगेको छ ।