नेकपा(एमाले) स्थायी कमिटी बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ ।
एमाले विवाद समाधान कार्यदलको बैठक चलिरहेका सन्दर्भमा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
कार्यदलले सहमति तयार गरेमा आजै स्थायी कमिटीमा अनुमोदनका लागि पेश गरिने जनाइएको छ । सिंहदरबारमा आज बिहान ९ बजे शुरु भएको कार्यदल बैठक अहिले पनि जारी छ ।
हिजो कार्यदलका सदस्यले आजै सुखद् समाचार आउने जानकारी दिनुभएको थियो ।








