अमेरिकाले नेपाललाई दिन लागेको जोन्सन एण्ड जोन्सनको १५ लाख जनालाई लगाउन पुग्ने कोरोना विरूद्धको खोप सोमबार काठमाडौं आइपुग्ने भएको छ ।
नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले शुक्रबार आफ्नो फेसबुक पेजमार्फत जोन्सन एण्ड जोन्सनको १५ लाखभन्दा बढी खोप उपलब्ध गराउने आधिकारिक घोषणा गर्नुभएको थियो ।
यसअन्तर्गत सोमबार जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुग्ने प्रवल सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
अमेरिकामा जोन्सन एण्ड जोन्सन कम्पनीले विकास गरेको जोन्सन एण्ड जोन्सन खोपको एक मात्रा लगाए पुग्ने भनिएको छ ।








