पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४२७ सहित देशभर थप १८७५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ६ लाख ९२ हजार ८४९ जना पुगेको छ ।

५ हजार ३७४ जनामा पीसीआर परीक्षण गर्दा १२१८ र ५१३० एन्टिजेन परीक्षणमा ६५७ जना गरी १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २८७, ललितपुरका ८२ र भक्तपुरका ५८ जना गरी ४२७ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२८६ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ६ लाख १५ हजार ६१३ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९३२० पुगेको छ ।