पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ५४३ सहित देशभर थप २९७९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ६ लाख ९० हजार ९७४ जना पुगेको छ ।
७ हजार ८३५ जनामा पीसीआर परीक्षण गर्दा २०७७ र ४०६३ एन्टिजेन परीक्षणमा ९०२ जना गरी २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३६५, ललितपुरका १०५ र भक्तपुरका २९ जना गरी ५४३ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३३३ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ६ लाख १४ हजार ३२७ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९२९१ पुगेको छ ।








