काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा असार ३१ गतेसम्म लम्ब्याउने निर्णय भएको छ ।
आज बसेको उपत्यकाका तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले केहि खुकुलो बनाउदै निषेधाज्ञा असार ३१ सम्म थप्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।
असार २२ गतेदेखि लागू हुने सबै सवारी साधन स्वास्थ्य मापदण्ड अपनाएर चलाउन पाउने र जोर विजो प्रणाली हटाउने निर्णय भएको पनि निरौलाले बताए ।
यस्तै थपिएको निशेधाज्ञामा साना गाडि तथा अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पनि सकिने भएको छ ।
आदेशको पूर्णपाठ हेर्नुहोस










