पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४२८ सहित देशभर थप २२९९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ६ लाख ७८ हजार ८०८ जना पुगेको छ ।

६ हजार ५६६ जनामा पीसीआर परीक्षण गर्दा १३९१ र ४०३० एन्टिजेन परीक्षणमा ९०८ जना गरी २२९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३१६, ललितपुरका ७८ र भक्तपुरका ३४ जना गरी ४२८ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३४५१ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ६ लाख ३ हजार ६०० जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९१७९ पुगेको छ ।