पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४२४ सहित देशभर थप १९२० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ६ लाख ६५ हजार ७७७ जना पुगेको छ ।

६ हजार जनामा पीसीआर परीक्षण गर्दा १३५३ र ३८३६ एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २९२, ललितपुरका १०० र भक्तपुरका ३२ जना गरी ४२४ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३००७ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ५ लाख ८४ हजार ३३४ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९००९ पुगेको छ ।